शिक्षा
विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूद्वारा आन्दोलनको घोषणा
साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा
मङ्गलबार, २३ साउन २०८०, १२ : ५३
१
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण