शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विवाहमा नाच्ने भन्दै जब सनीले गरे ट्रोल, शाहरुखले भनेका थिए – विश्वका धनाढ्यले मात्रै...

बुधबार, २४ साउन २०८०, १० : ०३
बुधबार, २४ साउन २०८०

सनी देओल र बलिउडका बादशाह भनिने शाहरुख खानबीचको विवादबारे धेरैलाई अवगत होला । आज यी दुईको सम्बन्ध कस्तो छ, त्यसबारे खासै जानकारी त छैन तर कुनै समय यस्तो थियो जब उनीहरुले एक–अर्कालाई कटाक्ष गर्न कुनै मौका छोड्दैनथे । कुरा गरौँ सनीको त्यो अन्तरवार्ताको जब उनले शाहरुखको विवाहमा नाच्ने बारे प्रतिक्रिया दिएका थिए । सनीलाई त्यतिबेला शाहरुख खानले जवाफ पनि फर्काएका थिए ।

जब शाहरुखमाथि सनीले दिएका थिए प्रतिक्रिया

पुरानो एक अन्तरवार्तामा सनीले भनेका थिए, ‘अरूको विवाहमा नाचेपछि तपाईंले आफ्नो गरिमा गुमाउनु हुन्छ । यद्यपि, अहिले यो फेसनेबल बनिसकेको छ । तर मलाई के लाग्छ भने यस्तो गरेर मानिसहरू आफ्नो आत्मसम्मान गुमाइरहेका छन् । हामी अभिनेता हौँ, तमासा गर्ने व्यक्ति होइनौँ । मुजुरा गर्नेहरू मात्रै विवाहमा नाच्छन्, अभिनेता–अभिनेत्रीले होइन । अभिनेताले आफ्नो गरिमा जोगाउनुपर्छ भन्ने मलाई लाग्छ । साथीको विवाहमा नाच्नु अर्कै कुरा हो तर पैसाका लागि काम गर्नु सस्तो कुरा हो ।’

शाहरुखले पनि दिए जवाफ

सनी देओलको यो बयानमा शाहरुखले प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘यसमा पैसा जोडिएको छ किनभने म यो पैसालाई आफ्नो फिल्म बनाउन खर्च गर्छु । मलाई फिल्म बनाउन उधारो माग्नु पर्दैन । कसैका लागि पनि सबैभन्दा खुसीको पल विवाह हो । मलाई मानिसको खुसीमा सहभागी हुन मन पर्छ । विश्वका धनाढ्यले मात्रै मेरो मूल्य चुकाउन सक्छन् ।’

किन भयो शाहरुख–सनीबीच झगडा ?

शाहरुख र सनी देओलबीचको झगडा फिल्म ‘डर’ बाट सुरु भएको हो । यसमा शाहरुख खान भिलेन र सनी देओल हिरो थिए । सनीले फिल्ममा भिलेनको भूमिकालाई किन ग्लोरिफाइ गरियो भनेर प्रश्न सोधेका थिए । सनीको हिरोको पात्रलाई शाहरुखले ओझेलमा पारिदिएको थियो । सनीले यश चोपडामाथि धोका दिएको आरोप लगाएका थिए । सनीले यश चोपडा र शाहरुख खानसँग काम नगर्ने घोषणा गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप