संसद्लाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल
बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् । उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केही दिन यता संसद् अवरुद्ध हुँदै आएको प्रसङ्गलाई उठाउँदै उनले सो कुरा बताएकी हुन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले हिजोको दिनमा गणतन्त्र र संसद्माथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रभाव, चरम महंगी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएका बेला संसद्बाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद् अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशङ्काका प्रश्नहरू उठिरहेको बताइन् ।
उनले भनिन्, ‘यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बरबाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भए पनि दलहरूले सदुपयोग गर्न सकिरहेका छैनन् ।
भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताइन् । साथै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले कांग्रेसले आफ्ना सङ्गठनहरूलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पारिन् । भ्रष्टाचार र अख्तियार निवारण निर्णय कांग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधैँ सुशासनको पक्षमा रहेको पटक पटक दोहोर्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण