आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्लाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल

बुधबार, २४ साउन २०८०, १६ : १५
बुधबार, २४ साउन २०८०

बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् । उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केही दिन यता संसद् अवरुद्ध हुँदै आएको प्रसङ्गलाई उठाउँदै उनले सो कुरा बताएकी हुन् ।  

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले हिजोको दिनमा गणतन्त्र र संसद्माथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रभाव, चरम महंगी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएका बेला संसद्बाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद् अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशङ्काका प्रश्नहरू उठिरहेको बताइन् ।

उनले भनिन्, ‘यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बरबाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भए पनि दलहरूले सदुपयोग गर्न सकिरहेका छैनन् ।

भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताइन् । साथै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले कांग्रेसले आफ्ना सङ्गठनहरूलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पारिन् ।  भ्रष्टाचार र अख्तियार निवारण निर्णय कांग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधैँ सुशासनको पक्षमा रहेको पटक पटक दोहोर्‍याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप