१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक, कति खर्च कति आम्दानी ?

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले गत असोजदेखि कात्तिकसम्म सञ्चालिन नवौँ राष्ट्रिय खेलकुदको यकिन विवरण प्रतियोगिता सकिएको १० महिनापछि सार्वजनिक गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशको पोखरालगायत ८ जिल्लामा गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो ।
ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन–२०७९ मा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरू खटिएकोले खर्चको हिसाब यकिन गर्न समय लागेको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारबाट रु ६०,१०,००००० विनियोजन भएको थियो भने आन्तरिक आम्दानी रु ५१,५२,७०० भएको थियो । जसअनुसार कूल आम्दानी रु ६०,६१,५२,७०० हुँदा सम्पूर्ण शीर्षकगत खर्च रु ५३,७९,०४,२३९/०८ भएको थियो । परिषद्ले हाल बचत रु ६,८२,४८,४६०/९२ रहेको जनाएको छ ।
प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गएपछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्बन्धित निकायहरु समक्ष अनुरोध घिसिङले बताए । रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल असार पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको यकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको बुधबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष