राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट
बुधबार, २४ साउन २०८०, २१ : ०४

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए ।
अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे ।
सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गरेकाेमा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिइएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु