कमला नदीमा बेपत्ता श्रीमतीको शव भेटियो, श्रीमान् अझै बेपत्ता
बुधबार, २४ साउन २०८०, २२ : ३४
जनकपुरधाम । मंगलबार कमला नदीले बगाएका दम्पतीमध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ । कमला नदीको ब्यारेजबाट दिउँसो दाउरा टिप्न गएका बेला खोलाले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमती माया परियारको शव बुधवार दिउँसो १ बजे फेला परेको हो ।
उनको शव धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला खोलाको पश्चिम साइडको बगरको तार जालीमा अल्झिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् । बेपत्ता उनको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण