कमला नदीमा बेपत्ता श्रीमतीको शव भेटियो, श्रीमान् अझै बेपत्ता
बुधबार, २४ साउन २०८०, २२ : ३४

जनकपुरधाम । मंगलबार कमला नदीले बगाएका दम्पतीमध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ । कमला नदीको ब्यारेजबाट दिउँसो दाउरा टिप्न गएका बेला खोलाले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमती माया परियारको शव बुधवार दिउँसो १ बजे फेला परेको हो ।
उनको शव धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला खोलाको पश्चिम साइडको बगरको तार जालीमा अल्झिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् । बेपत्ता उनको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने