मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
जलविद्युत

एक अर्बले खुम्चियो विद्युत प्राधिकरणको नाफा

बिहीबार, २५ साउन २०८०, १७ : ३१
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । विद्युत प्राधिकरणको नाफा १ अर्ब ४ करोड रुपैयाँले खुम्चिएको छ । प्राधिरकणको अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा नाफा खुम्चिएको हो ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन गत आर्थिक वर्ष १२ अर्ब ३३ करोड रुपैयाँमा मात्रै सिमित बनेको बताइएको छ । आर्थिक वर्ष २०७७/७८ मा भने प्राधिकरणले जम्मा ६ अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा सुख्खायाम लम्बिँदा नाफा प्रभावित बनेको प्राधिकरणको भनाइ छ । सुख्खायामको समयमा खोलानाला सुक्दा पानीको बहाब घटको र बिजुली उत्पादनमा ह्रास आउँदा नाफा प्रभावित बनेको कुलमान घिसिङले जानकारी दिए ।

बिजुलीको उत्पादन घटेपनि आन्तरिक माग धान्नलाई बिजुली आयात गर्दा नाफा घटेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले बिजुली बेचेर गर्ने आम्दानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । जुन, अघिल्ला दुई वर्षमा ८१ अर्ब रुपैयाँमा सिमित थियो । यस्तै, प्राधिकरणको सञ्चित नाफा ११ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप