एक अर्बले खुम्चियो विद्युत प्राधिकरणको नाफा
काठमाडौँ । विद्युत प्राधिकरणको नाफा १ अर्ब ४ करोड रुपैयाँले खुम्चिएको छ । प्राधिरकणको अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा नाफा खुम्चिएको हो ।
अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन गत आर्थिक वर्ष १२ अर्ब ३३ करोड रुपैयाँमा मात्रै सिमित बनेको बताइएको छ । आर्थिक वर्ष २०७७/७८ मा भने प्राधिकरणले जम्मा ६ अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्ष २०७९/८० मा सुख्खायाम लम्बिँदा नाफा प्रभावित बनेको प्राधिकरणको भनाइ छ । सुख्खायामको समयमा खोलानाला सुक्दा पानीको बहाब घटको र बिजुली उत्पादनमा ह्रास आउँदा नाफा प्रभावित बनेको कुलमान घिसिङले जानकारी दिए ।
बिजुलीको उत्पादन घटेपनि आन्तरिक माग धान्नलाई बिजुली आयात गर्दा नाफा घटेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले बिजुली बेचेर गर्ने आम्दानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । जुन, अघिल्ला दुई वर्षमा ८१ अर्ब रुपैयाँमा सिमित थियो । यस्तै, प्राधिकरणको सञ्चित नाफा ११ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
-
धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण