सीआईबीद्वारा पक्राउ सुनील शर्माको सांसद पद अब के हुन्छ ?
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ ।
उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले ७ वर्षसम्म कैद सजाय पाउन सक्छन् ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने बित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।
सोही व्यवस्थाअनुसार सीआईबीले सभामुख देवराज घिमिरेलाई शर्मा पक्राउको सूचना दिइसकेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा १०३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।
सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् ।
यस्तै अभियोग प्रमाणित भएमा उनले फौजदारी कसुर अन्तर्गत लिखत किर्ते सम्बन्धी कसुरमा सजाय पाउन सक्नेछन् ।
‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद २५ मा रहेको लिखतसम्बन्धी कसुरअन्तर्गत ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय पाउने व्यवस्था रहेको छ । अपराध संहिताको दफा २७६ को उपदफा ४ को (ग) मा यससम्बन्धी व्यवस्था रहेको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण