समाचार
कांग्रेस सांसद सुनील शर्मा पक्राउ
बिहीबार, २५ साउन २०८०, १६ : १४
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
शर्माको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए ।
सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण