समाचार
कांग्रेस सांसद सुनील शर्मा पक्राउ
बिहीबार, २५ साउन २०८०, १६ : १४

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
शर्माको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए ।
सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण
-
नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
-
नेपाल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त
-
कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !