निजी विद्यालय सञ्चालक संस्थाहरुको आन्दोलनप्रति विद्यार्थी संगठनको विरोध
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयक प्रति निजी विद्यालय सञ्चालक संस्थाहरु प्याब्सन, एनप्याब्सन र हिसानले गरेको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायत ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालय सञ्चालक संस्थाहरुले गरेको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
शैक्षिक संस्था शान्ति र भयरहित क्षेत्र भएको जिकिर गर्दै ती संगठनले विद्यालययमा अध्ययनरत कलिला बालबालिकाको बालमस्तिष्कमा असर पर्ने बन्द, हड्तालजस्ता क्रियाकलाप गर्ने कार्यप्रति आपत्ति प्रकट गरेका छन् । विज्ञप्तिमा प्रस्तावित शिक्षा ऐन नेपालको विद्यालय शिक्षा पुनःसंरचनाको आधार बन्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘सबैको पहुँचमा सर्वसुलभ गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । शिक्षालाई मुनाफाको वस्तु बनाउन खोज्ने शैक्षिक माफियाहरुको सल्बलावट र अस्वभाविक चलखेल खेदजनक छ । हामी विद्यार्थी संगठनहरु प्रस्तावित शिक्षा ऐन २०८० को पक्षमा प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्मानित संघीय संसदलाई यो विधेयक पास गर्न अनुरोध गर्दछौं ।’
निजी विद्यालय सञ्चालक संस्थाहरुले प्रस्तावित शिक्षा विधेयकमा समावेश मस्यौदाको विरोध गर्दै आन्दोलन घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण