गर्भपतन गराउन गएकी महिलाको मृत्युपछि कैलाली प्रहरी कार्यालय घेराउ
धनगढी । धनगढीमा एक महिलाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएपछि आफन्तजनले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले सञ्चालकविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए । एक जनालाई हिजै नियन्त्रणमा लिएको बताउँदै प्रहरी उपरीक्षक पालले फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण