अध्यागमनको नियन्त्रणमा रहेका व्यापारी अडुकियाका छोरा रोहन छुटे
काठमाडौँ । व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया छुटेका छन् । शुक्रवार दिल्लीबाट नेपाल फर्केका अडुकियालाई पासपोर्ट ‘कालो सूची’मा देखिएपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेको थियो ।
करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानको क्रममा राजस्व अनुसन्धान विभागले रोहनको पासपोर्ट ‘कालो सूची’मा राख्न पत्राचार गरेको थियो । अध्यागमनले पक्राउ गरेपछि सुन तस्करीको अनुसन्धान फाइल प्रहरीसँग रहेको भन्दै राजस्व र अध्यागमनले रोहनलाई सीआईबीको जिम्मा लगाउन खोजेका थिए । तर, रोहनलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘खोजेको मान्छे नभएको’ भनेर फिर्ता गरिदियो । शुक्रवार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरी सहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । तर, रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरूले उनलाई जिम्मा लिएनन् ।
त्यसपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो । शनिवार ११ बजे उनलाई ‘बोलाउँदा उपस्थित हुने शर्त’ मा रिहा गरिएको विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुन प्रकरणमा पक्राउ गरिएका दुई जना चिनियाँ नागरिकलाई पनि केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । चिनियाँ नागरिक तस्करीमा संलग्न नदेखिएपछि रिहा गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्ट नम्बर जेड–६३९६४२१ नेपाली पोर्टमा सूचीमा राखिएको थियो । राजस्व अनुसन्धान विभागले साउन १० मा कमलपोखरीस्थित राकेशको घरमा छापा मारेको थियो । त्यतिबेला नै राजस्व अनुसन्धान विभागले बाबु–छोराको पासपोर्ट कालोसूचीमा राख्न अध्यागमनलाई पत्राचार गरेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण