दाँतमा किरा लागेर साह्रै दुख्यो ? यसरी मिल्नेछ आराम
दाँत शरीरको एक महत्त्वपूर्ण अंगमध्ये एक हो । दाँत दुख्यो भने खाना खान त परै जाओस्, पानी पिउन पनि मुस्किल हुन्छ । त्यसैले दाँतको विशेष ख्याल राख्नुपर्छ । दाँतमा किरा लाग्नु पनि एक सामान्य समस्या हो । तर यो सामान्य समस्याले धेरै नै दुःख दिइरहेको हुन्छ । विशेष गरी बालबालिकालाई । दाँतमा किरा लाग्नुको मुख्य कारण भनेको बिस्कुट –टफी र अन्य गुलियो खानेकुराको अत्यधिक सेवन हो । किराले दाँतलाई खोक्रो बनाइदिन्छ त्यसैले समय अगावै भाँच्चिन थाल्छ । तपाईंको पनि समस्या यस्तै छ भने यहाँ केही यस्ता उपाय दिइएका छन् जसले तपाईंलाई सहयोग गर्न सक्छ । भारतको गभर्नमेन्ट मेडिकल कलेज कन्नौजकी दन्तरोग विशेषज्ञ मधुलिका यादवले दाँतको किराबाट छुटकारा पाउने उपायबारे जानकारी दिएकी छिन् ।
फिट्किरी
दाँतको समस्याबाट राहत पाउन फिट्किरी प्रभावकारी मानिन्छ । यसका लागि फिट्किरी पाउडरलाई सिरे नुन मिसाउनुहोस् । त्यसपछि ब्रसको मद्दतले यो सम्मिश्रणलाई दाँतमा लगाउनुहोस् । दैनिक जसो यसो गर्नुभयो भने दाँतको दुखाई छिट्टै कम हुनेछ ।
तोरीको तेल
दाँतसँग सम्बन्धित समस्या हटाउन तोरीको तेल लाभदायी मानिन्छ । दाँतमा किरा लागेको छ भने तोरीको तेलमा बेसार र नुन मिसाउनुहोस् । त्यसपछि यसलाई ब्रसको मद्दतले दाँतमा हल्का हातले रगड्नुहोस् । नियमित रूपमा दिनमा दुई पटक यसो गर्दा दाँतमा लागेको किरा छिट्टै हट्छ ।
हिङ पाउडर
हिङ खानुका थुप्रै फाइदा छन् । विशेष गरी यो दाँतका लागि फाइदाजनक छ । तपाईंले हिङको पाउडरलाई पानीमा हालेर उमाल्नुहोस् । त्यसपछि मनतातो भएपछि यो पानीले कुल्ला गर्नुहोस् । यस्तो गर्दा दाँतमा लागेको किराबाट छुटकारा पाउन सकिन्छ ।
निम
दाँतलाई सफा गर्न निम पनि असरदार छ । निमलाई नियमित चपाउँदा दाँत र गिजा बलिया हुन्छन् । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । निमको पातले प्लाक हटाउन मद्दत गर्छ । निमको बोक्रा वा पात केही मिनेट चपाउनुहोस् र सफा पानीले कुल्ला गर्नुहोस् । यस्तो गर्दा दाँत स्वस्थ हुन्छ ।
ल्वाङको तेल
दाँतको समस्याबाट राहत पाउन ल्वाङ निकै प्रभावकारी मानिन्छ । ल्वाङले क्याभिटीसँग लड्न सहयोग गर्छ । किरा लागेको दाँतमा ल्वाङको तेल लगाउनुहोस् र केही बेरका लागि यत्तिकै छोड्नुहोस् । नियमित यस्तो गर्दा किराबाट छुटकारा पाइनेछ र दाँत पनि स्वस्थ रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण