जोगियो सुदन किरातीको मन्त्री पद, जनमतबाट साह मन्त्री बन्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साह मन्त्री बन्ने भएकी छन् ।
माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पदमा जनमतलाई दिन लागेको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी
पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाएर सो ठाउँमा जनमतबाट साहलाई मन्त्री बनाउने निर्णय गरेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार अर्का मन्त्री सुदन किरातीलाई समेत फिर्ता बोलाउने चर्चा भएपनि तत्काललाई कुनै निर्णय भएन । ती पदाधिकारीले भने, ‘अमनलाल मोदीजीलाई फिर्ता बोलाउने निर्णय गरेको छु भनेर प्रधानमन्त्रीले भन्नुभयो । अनुमोदन गरौँ भनेपछि अनुमोदन गरियो’, ती पदाधिकारीले भने ।
तर, किरातीको विषयमा भने सामान्य छलफल भएपनि उनलाई हटाउने निर्णय नभएको उनले स्पष्ट पारे । यससँगै मन्त्रीबाट बिदा हुन तयार भइसकेका किरातीको पद जोगिएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका थिए । रातोपाटीसँग कुरा गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।
‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनको भनाइ थियो, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाऊ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’
अब प्रधानमन्त्रीको सिफारिसको आधारमा जनमतकी साह राष्ट्रपतिबाट नियुक्त हुन्छिन् । यससँगै एक पटक सरकारबाट बाहिरिएको जनमतको फेरि सत्तामा प्रवेश निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण