बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, २९ साउन २०८०, ०९ : ०८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार हुँदा कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३५  रुपैयाँमा खरिदबिक्री हुँदा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसामा किनबेच हुनेछ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रुपैयाँ ९८ पैसामा कारोबार गर्न सकिने छ ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६  रुपैयाँ ताेकिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप