सनी–अमिषाको फिल्म ‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?
बलिउड अभिनेता सनी देओल तथा अभिनेत्री अमिषा पटेल फिल्म गदर–२ बाट निकै लामो समयपछि पर्दामा शानदार फिर्ती गरेका छन् । गदर–२ फिल्म अगस्ट ११ मा रिलिज भएको हो । रिलिज भएदेखि नै फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सोसल मिडियामा सेयर गरिएको भिडियोमा गदर–२ हेर्नका लागि दर्शकको भीड सिनेमाघरमा जुटिरहेको देख्न सकिन्छ । रिलिज भएको तीन दिनमा फिल्मले राम्रो कमाई गरिरहेको छ ।
फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर फिल्मले सुरुवाती तीन दिनमा करिब १३४ करोड भारु कमाएको जानकारी दिएका छन् । फिल्मले शुक्रवार ४०, शनिवार ४३ र आइतबार लगभग ५१ करोड भारु कमाएको छ ।
गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो । त्यति बेला पनि फिल्मले शानदार प्रदर्शन गरेको थियो ।
गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सनी देओल र अमिषा पटेलबाहेक उत्कर्ष शर्माको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण