बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेयमार पीएजसी छाडेर अल–हिलाल जाने

सोमबार, २९ साउन २०८०, १७ : ४०
सोमबार, २९ साउन २०८०

पेरिस । पेरिस सेन्ट जर्मेनले साउदी प्रो लिग क्लब अल–हिलालसँग ब्राजिलका फरवार्ड नेयमारलाई बिक्री गर्ने सम्झौता गरेको छ । करिब ९ करोड युरोमा पीएसजीले नेयमारलाई बिक्री गर्न सहमत भएको बताइएको छ ।

३१ वर्षीय खेलाडीले मेडिकल र आवश्यक कागजात पुरा गरेपछि यो प्रक्रिया टुंगिनेछ । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी २२.२ करोड युरोमा पीएसजी पुगेका थिए । तर, आइतबार लिग वानको पहिलो खेलमा उनी टोलीमा समावेश थिएनन् ।

नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा नेयमारलाई राखिएको छ । अब पीएसजीले हाई प्रोफाइल खेलाडीलाई मोटो रकममा खरिद गर्ने ‘ग्यालेक्टिको’ चरणबाट अघि बढ्ने तयारी गरेको छ ।

नेयमारले हाल पीएसजीमा वार्षिक रुपमा २.५ करोड युरो कमाई गरिरहेको बताइएको छ । उनले पीएसजीका लागि १७३ खेल खेल्दै क्लबलाई १३ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । जसमा ५ लिग वानको उपाधि सामेल छ । 

उनले सन् २०२० मा टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याए पनि चोटका कारण उनले क्लबमा शत प्रतिशत दिन सकेका थिएनन् ।

किलियान एम्बाप्पेमा टोलीको प्रशिक्षणमा समावेश गरेको समाचार आएको २४ घण्टा नबित्दै नेयमारलाई बेच्ने सहमति गरिएको समाचार आएको हो । यसअघि अल–हिलालले एम्बाप्पेलाई खरिद गर्न विश्व कीर्तिमानी २५.९ करोड पाउन्डको अफर पीएसजीसामु राखेको थियो  ।

पीएसजीले यसमा सहमति जनाए पनि एम्बाप्पे यसका लागि तयार भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप