बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी
काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता, काँग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेता तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायत शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा तस्करीको सुन प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशङ्का, ललिता निवास जग्गा प्रकरणलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ललिता निवास प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईको नाम पनि जोडिएको छ । आफ्नो नाम जोडिएपछि नेता नेपाल आजै युरोप भ्रमणलाई छोट्याएर नेपाल फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण