स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा
काठमाडौँ । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार खेलिने छ । स्पेन र स्विडेनबीचको सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि अन्त्यतिरमात्र तीनवटै गोल भएको थियो । तीनवटै गोल आठ मिनेटको बीचमा भएको थियो । निर्धारित समयको ८१औं मिनेटमा स्पेनका लागि सलमा सेलेस्टी आइनगोनोले पहिलो गोल गरेकी थिइन् ।
तर, स्पेनको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ८८औं मिनेटमा स्विडेनका लागि रेबेका ब्लोमभिष्टले जवाफी गोल गरिन् । त्यसको एक मिनेटपछि नै स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण