श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
मङ्गलवार राजधानीमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे ।
‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’
सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाे जानकारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)