श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
मङ्गलवार राजधानीमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे ।
‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’
सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाे जानकारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण