धुलिखेलमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
बुधबार, ३१ साउन २०८०, १७ : १२
काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का सुरज गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रकसहित चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण