आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धुलिखेलमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बुधबार, ३१ साउन २०८०, १७ : १२
बुधबार, ३१ साउन २०८०

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का सुरज गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रकसहित चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप