कक्षा १२ को नतिजा : अंग्रेजी विषयमा किन देखियो कमजोर ?
काठमाडौँ । कक्षा १२ मा अङ्ग्रेजी विषयमा सबैभन्दा कमजोर नतिजा देखियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा फेल भएको देखियो । नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूमध्ये सबैभन्दा बढी अङ्ग्रेजी विषयमा रहेका छन् ।
अंग्रेजीमा मात्रै १ लाख ९ हजार ५२७ विद्यार्थीको एनजी आएको छ । यो एनजी आउने विद्यार्थीको ५९.८७ प्रतिशत र जम्मा परीक्षार्थीको २४.४० प्रतिशत हुन आउँछ । यो वर्षको परीक्षामा नियमित, आंशिक, ग्रेडबृद्धि र आंशिक गरेर ४ लाख ४८ हजार ८३७ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । तीमध्ये १ लाख ८२ हजार ९२६ विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात फेल भए । यो सङ्ख्या जम्मा विद्यार्थीको ४९.०९ प्रतिशत हुन्छ ।
जुन २०७९ को तुलनामा २.८१ प्रतिशत कम हो । अघिल्लो वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीको एनजी आएको थियो । असोज ६ र ७ गते हुने ग्रेड वृद्धि परीक्षामा १ लाख २३ हजार ३९६ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । एक विषयमा मात्र ७९ हजार ५८४ विद्यार्थीको एनजी आएको छ भने ४३ हजार ८१२ विद्यार्थीको २ विषयमा एनजी आएको छ ।
यी दुवै विषयका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ५९ हजार ५३० जनाले तीन वा सो भन्दा बढी विषयमा एनजी ल्याएका छन् । उनीहरूले ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछैनन् । उनीहरूले अर्को वर्षको वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ ।
अङ्ग्रेजी विषयको नतिजा कमजोर देखिनुको विभिन्न कारणहरू रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको भनाई छ । सबै विद्यार्थीका लागि अङ्ग्रेजी विषय अनिवार्य भएकाले पनि यो सङ्ख्या ठुलो देखिएको हुन सक्ने उनको भनाई छ । त्यस्तै प्लस टु काे हकमा अङ्ग्रेजी विषयमा विद्यार्थीहरूको पढाई नै कमजोर भएको पनि हुनसक्ने उनको भनाई छ ।
‘हाम्रा गाउँघरमा अङ्ग्रेजी भने पनि निकै गाह्रो लाग्छ । अन्य विषयमा पढ्न मन लाग्ने । तर, अङ्ग्रेजी भने पनि पहिला नै डराइहाल्ने प्रवृत्ति छ । त्यसले पनि प्रभाव पारेको देखिन्छ । त्यस्तै अङ्ग्रेजी विषय सबैका लागि अनिवार्य भएकाले पनि ठुलो सङ्ख्यामा देखिएको हो’ उनले भने ।
अघिल्लो वर्ष पनि अङ्ग्रेजी विषयमा नै बढी विद्यार्थीको एनजी आएको थियो । यो वर्ष पनि त्यसमा सुधार हुन नसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण