मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भाँडा माझ्न मात्रै प्रयोग हुँदैन स्पन्ज स्क्रबर, यी पाँच काम सहज बनाइदिन्छ

बिहीबार, ३२ साउन २०८०, ११ : २६
बिहीबार, ३२ साउन २०८०

भाँडा माझ्नका लागि हामी धेरैजसो स्पन्ज स्क्रबर नै प्रयोग गर्छौँ । त्यसैले धेरैजसो घरमा एकै पटक स्पन्ज स्क्रबर किनेर राख्ने चलन छ । तर स्पन्ज स्क्रबरको प्रयोग भाँडा माझ्नबाहेक अन्य कामका लागि पनि गर्न सकिन्छ । यसले तपाईंको घरको कामलाई सहज बनाउन मद्दत गर्छ । स्पन्ज स्क्रबर प्रयोग गर्ने केही तरिकाबारे जानकारी लिऔँ ।

एयर फ्रेशनर बनाउनुहोस्

घरभित्रको दुर्गन्ध हटाउन भाँडा माझ्ने स्पन्जको मद्दत लिन सक्नुहुन्छ । यसका लागि तपाईं स्पन्ज स्क्रबरमा आफूलाई मनपर्ने एसेन्सियल ओयल हालेर यसलाई हावा बढी आउने ठाउँमा राख्नुहोस् । यसो गर्दा घर लामो समयसम्म बास्नादार हुन्छ । वास्तवमा स्पन्जका प्वालले बास्नालाई आफूभित्र धेरै समयसम्म रोकेर राख्न सक्छ ।

sponge scrubberमाइक्रोवेभ सफा गर्नुहोस्

माइक्रोवेभ सफा गर्नका लागि पनि तपाईं स्क्रबरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले थोरै पानीमा भिनेगर र कागतीको रस मिसाएर यसमा स्पन्ज स्क्रबरलाई भिजाउनुहोस् । त्यसपछि माइक्रोवेभ अन गरेर स्पन्जलाई केही सेकेन्डका लागि राख्नुहोस् । यसरी माइक्रोवेभमा बाफ बन्नेछ जसका कारण भित्र जमेको फोहोर पग्लिन थाल्नेछ । तर ध्यान राख्नुहोस्, यतिबेला माइक्रोवेभको तापक्रम बढी नहोस् नभए स्पन्ज डढ्नेछ । त्यसपछि माइक्रोवेभ अफ गरेर यसलाई कपडाले सफा गर्नुहोस् ।

sponge scrubber1आइस प्याकको रूपमा प्रयोग गर्नुहोस्

यदि तपाईंको घरमा आइस प्याक छैन भने तपाईं स्पन्ज स्क्रबरको प्रयोग गरेर शरीर सेक्न सक्नुहुन्छ । यसका लागि स्पन्जलाई भिजाएर एउटा जिप लक ब्यागमा राखेर केही घण्टाका लागि फ्रिजरमा राख्नुहोस् । त्यसपछि निकालेर यसलाई सेक्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । 

sponge scrubber2कपडा सुकाउन मद्दत गर्न सक्नुहुन्छ

वर्षाको मौसममा हत्तपत्त कपडा सुक्दैन । यस्तोमा कपडाबाट ढुसीजस्तो गन्ध आउन थाल्छ । यो समस्यालाई हटाउनका लागि स्पन्ज स्क्रबर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि भिजेको कपडालाई सुरुमा वासिङ मेसिनको ड्रायरमा हाल्नुहोस् र यसमा तीन चार वटा स्पन्ज राखेर माथिबाट पनि कपडाले छोपिदिनुहोस् । त्यसपछि ड्रायरलाई अन गरेर कपडा सुक्न दिनुहोस् । यसरी स्पन्जले तपाईंको कपडाको पानी सोस्नेछ र लुगा छिट्टै सुक्नेछ । साथै यसको गन्ध पनि हट्नेछ ।

sponge scrubber4नङको हेरविचारका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ

स्पन्ज स्क्रबरको प्रयोग तपाईं नङ सजाउनका लागि पनि गर्न सक्नुहुन्छ । नङ पालिस हटाउन कपासको साटो स्पन्ज प्रयोग गर्न सक्नुहुन्छ । नङ सफा गरेपछि तपाईंलाई मन लाग्छ भने माथिल्लो भागलाई हल्का स्क्रब पनि गर्न सक्नुहुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप