शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित, अब न्यूनतम १७ हजार ३००

बिहीबार, ३२ साउन २०८०, २० : ५२
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । साउन महिनाबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । 

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ भएको  हो । 

यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ तोकिएको थियो। 

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो ।

जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र बाँकी महँगी भत्ता जोडेर १७ हजार पुगेको हो ।

त्यस्तै दैनिक पारिश्रमिक ६६८ रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको हो। 

आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो । 

मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप