श्रमिकको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित, अब न्यूनतम १७ हजार ३००
बिहीबार, ३२ साउन २०८०, २० : ५२
काठमाडौँ । साउन महिनाबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ भएको हो ।
यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ तोकिएको थियो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो ।
जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र बाँकी महँगी भत्ता जोडेर १७ हजार पुगेको हो ।
त्यस्तै दैनिक पारिश्रमिक ६६८ रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको हो।
आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण