नक्कली भुटानी शरणार्थी प्रकरण
टेकनारायण पाण्डेलगायत १० जनाको मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालतको आदेश
बिहीबार, ३२ साउन २०८०, २१ : ५१
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्धका मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायत १० जनाको मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको हो ।
टेकनारायण पाण्डेसहित नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरी थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पाण्डे लगायतको निवेदनमाथिकाे सुनुवाइ बिहीबारै सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण