मकवानपुरको राप्ती नदीमा जलसतह सतर्कता तह नजिक
शुक्रबार, ०१ भदौ २०८०, २२ : ०४
हेटौँडा । मकवानपुरको राप्ती नदीमा जल सतह सतर्कता तह नजिक पुगेको छ । शुक्रवार साँझ भएको वर्षाका कारण मकवानपुरको पूर्वी राप्ती नदीमा जल सतह सतर्कता तह नजिक पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार शुक्रवार साँझ २ घण्टा भएको वर्षाका कारण राप्ती नदी रजैया केन्द्रमा जल सतह मापन गर्दा सतर्कता तह नजिक पुगेकाले सचेत रहन आग्रह गरिएको छ ।
जल सतह बढेकाले मकवानपुर र चितवनको सौराहा लगायतका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण