रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर’ छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । जसबाट ११ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरू सहभागी भएका थिए । एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अङ्कहरू जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरू छनोट गरिएको थियो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरूप मकवानपुरका ११ जना विद्यार्थीहरू छात्रवृत्तिमा छनोट भएको कम्पनीले जनाएको छ ।
छात्रवृत्तिको प्रथम पुरस्कार पाउनेमा ईशान्त कुमार मिश्र, दोस्रोमा अंशु कुमारी र तेस्रोमा रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुमा शिवम् पटेल, भूषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन