आशिष र अजयले ल्याए गाईजात्रे कोसेली ‘दिल्लीको मुर्रा’

काठमाडौँ । ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बजारमा विभिन्न हास्य व्यङ्ग्यका सामाग्री बजारमा भित्रिने गरेको छ । यस्तै १४ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष् शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् ।
राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘दिल्लीको मुर्रा’ मा देशमा वर्षभरि घटेका विषयवस्तुमाथि चेतनात्मक रूपमा व्यङ्ग्य प्रस्तुत गरिएको छ ।
‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको बेथिति विसङ्गति प्रति व्यङ्ग्य गर्नु हो’, आशिषले भने– ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’ पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका आशिष् र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गरेका हुन् ।
रेडियो कान्तिपुरको हास्य व्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष् र अजयको यो कोसेलीमा सहकार्य एकदमै गजबको रहेको छ ।
‘दिल्लीको मुर्रा’ को छायाङ्कन अजय शाह र सम्पादन आशिष् आफैले गरेका छन् । करिब १७ मिनेटको भिडियो सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफूलाई रहेको आशिषले बताए । भिडियो अनलाइन चौतारी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गत वर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गरेका थिए । जसको रामै चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची