माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता
शनिबार, ०२ भदौ २०८०, २० : ५९
मलेखु । झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।
साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए । माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ । कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाई भइरहेको जैसवारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन