एम्बाप्पे फर्किए पनि रोकियो पीएसजी
आइतबार, ०३ भदौ २०८०, ०९ : ३८
पेरिस । करार विवादबीच किलियान एम्बाप्पे टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
२४ वर्षीय फ्रेन्च कप्तान सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेको ११ मिनेटमा नै गोल गर्न सफल भएका थिए । ६२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए ।
तर, खेलको अन्त्यतिर मोरक्कोका फरवार्ड जाकारिया अबुखलालले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे । पीएसजी सुरुवाती दुई खेलमा जीतविहीन रहेको छ । पहिलो खेलमा पनि टोली बराबरीमा नै रोकिएको थियो । शनिबार भएका अन्य खेलमा मोन्टपेलियरले लियोनलाई ४–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण