बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा दुई बालबालिकाको उद्धार

बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो ।
बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई प्रहरीले उद्धार गरेको हो । बालबालिकालाई लैजाँदै गरेका भारत बिहारस्थित आधापुर बस्ने २२ वर्षीय ताबरेज आलमलाई प्रहरी पक्राउ गरेको गरेको छ ।
आलमले बोरामा हालेर भारत लैजाँदै गरेका बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । सशस्त्र प्रहरी बिओपी दक्षिण झिट्कैयाबाट मिलन श्रेष्ठको कमान्डमा खटेको टोलीले बच्चालाई उद्धार गरेको सशस्त्र प्रहरी बाराका एसपी टोपबहादुर डाँगीले जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा लगाएको छ । चोरी गर्ने व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु