बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा दुई बालबालिकाको उद्धार
बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो ।
बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई प्रहरीले उद्धार गरेको हो । बालबालिकालाई लैजाँदै गरेका भारत बिहारस्थित आधापुर बस्ने २२ वर्षीय ताबरेज आलमलाई प्रहरी पक्राउ गरेको गरेको छ ।
आलमले बोरामा हालेर भारत लैजाँदै गरेका बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । सशस्त्र प्रहरी बिओपी दक्षिण झिट्कैयाबाट मिलन श्रेष्ठको कमान्डमा खटेको टोलीले बच्चालाई उद्धार गरेको सशस्त्र प्रहरी बाराका एसपी टोपबहादुर डाँगीले जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा लगाएको छ । चोरी गर्ने व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण