वर्षाले भनिन्, ‘ऐँचो पैँचो टिमसँग मनमुटाब छैन’
काठमाडौँ । अभिनेत्री वर्षा राउतबारे विभिन्न गसिपहरु आइरहन्छन् । पछिल्लो समय फिल्म ‘ऐँचो पैँचो’ युनिटसँग उनको मनमुटाब बढेको चर्चा चल्न थालेको छ ।
‘ऐँचो पैँचो’मा उनको केही भूमिका काटिएको खबर समेत मिडियामा छायो । फिल्मको ट्रेलरमा पनि अन्य कलाकारको तुलनामा उनको उपस्थिति सामान्य देखियो । यति मात्र होइन, फिल्मको ट्रेलर रिलिज कार्यक्रममा समेत उनी अनुपस्थित रहिन् ।
कार्यक्रममा उनी सहभागी नहुनु फिल्मको टिमसँग उनको असन्तुष्टि हो कि भन्ने खालका प्रश्न समेत मिडियामा उठे । फिल्मको ट्रेलरमा वर्षालाई धेरै स्थान दिइएको छैन । यसैले, पनि उनी फिल्मको टिमसँग असन्तुष्ट रहेको खबर सार्वजनिक भइरहे ।
अभिनेत्री वर्षाले भने ‘ऐँचो पैँचो’ टिमसँग आफ्नो कुनै असन्तुष्टि नरहेको बताएकी छन् । फिल्मको प्रचार प्रसारको सिलसिलामा मिडियासँग साक्षात्कार गरेकी वर्षाले फिल्मको टिमसँग कुनै पनि खालको चित्त दुखाई नरहेको प्रस्ट पारेकी हुन् ।
‘फिल्मको ट्रेलरमा कुन कलाकारलाई कति स्थान दिने भन्ने निर्देशकको जिम्मेवारी हो’, वर्षाले भनिन् ‘मेरो भूमिका काटेको विषयको हल्ला मात्र हो ।’
‘सुटिङको क्रममा मेरो भूमिका काटिएको थियो भने फिल्मको प्रचारमै सहभागी हुन्नथ्येँ होला’, उनले थपिन् ‘ मलाई त निर्देशक कृषा चौलागाईंले अझै केही दृश्य खिच्न आग्रह गरिरहनुभएको छ । तर, मैले नै अब त भयो भनेर भनेकी छु ।’
अभिनेत्री वर्षाले ‘ऐँचो पैँचो’ केही समयको अन्तरालपछि आफ्नो फिल्म आउन लागेकोले यसका लागि आफू उत्साहित रहेको समेत बताइन् ।
फिल्म ‘ऐँचो पैँचो’ भदौ १४ गतेबाट रिलिज हुँदै छ । फिल्मको प्रचार सामाग्रीमा निर्देशक कृषा चौलागाईंले वर्षालाई भन्दा बढी अभिनेत्री स्वस्तिमा खड्कालाई ध्यान दिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण