शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्नी देओलको गदर– २ ले शाहरुख खानको पठानलाई पछि पार्‍यो

सोमबार, ०४ भदौ २०८०, १६ : २९
सोमबार, ०४ भदौ २०८०

बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ ।

अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो साता (शुक्रवारदेखि आइतबारसम्म) मा ९०.४७ करोड भारु कमायो ।

यतिबेला गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमानलाई पछाडि पार्‍यो । वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले दोस्रो साताको अन्त्यमा ६३.५ करोड कमाएको थियो ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार दोस्रो सप्ताहन्तमा प्रभासको ‘बाहुबली–२’ ले ८०.७५ करोड, यशको  ‘केजीएफ–२’ ले ५२.४९ करोड, आमिर खानको ‘दंगल’ ले ७३.७ करोड र रणवीर कपूरको ‘सञ्जु’ ले ६ करोड ७९ करोडको कारोबार गरेको थियो । 

गदर–२ ले शुक्रवार २०.५ करोड, शनिवार ३१.०७ र आइतबार ३८.९ करोडको व्यापार गरेको छ ।

गदर–२ सन् २००१ मा रिलिज भएको गदर–एक प्रेम कथाको सिक्वेल हो । यो चलचित्रलाई समीक्षक र फ्यान दुवैले मन पराएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप