शिखर धवनका लागि एकदिवसीयमा राष्ट्रिय टोलीको ढोका बन्द भएको हो ?
नयाँ दिल्ली । ओपनर शिखर धवन एसिया कपका लागि भारतीय क्रिकेट टोलीमा स्थान बनाउन असफल भएका छन् । धवन गत वर्षको डिसेम्बरमा भारतका लागि अन्तिम एकदिवसीय खेल खेलेका थिए ।
एकदिवसीयमा १७ शतकको मद्दतले ६ हजारभन्दा बढी रन बनाएका धवन र रोहित शर्माको जोडीलाई कुनै समय निकै सफल जोडी मानिन्थ्यो । अहिले रोहित शर्माको साथमा ईशान किशन र शुभमन गिललाई प्रयोग गरिएको छ ।
योसँगै अब धवनका लागि एकदिवसीय टोलीमा बन्द भएको हो ? प्रश्न खडा भएको छ । मुख्य चयनकर्ता अजित अगरकरले यसबारे जवाफ दिएका छन् ।
अगरकरले भनेका छन्, ‘रोहित नराम्रो खेलाडी होइनन् । शुभमनले पछिल्ला डेढ–दुई वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । ईशानबारे पनि तपाईंहरुलाई थाहा छँदैछ ।’
‘शिखर भारतका लागि उत्कृष्ट खेलाडी रहेका थिए । हामी उनको रेकर्डबारे जानकार छौँ । उनले टोलीमा के गरेका छन्, हामीलाई थाहा छ,’ उनले थपे, ‘तर अहिले तीन खेलाडी राम्रो प्रदर्शन गरिरहेका छन् । तपाईं टिममा मात्र १५ खेलाडीहरूलाई चयन गर्न सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण