अपराह्न ४ बजे प्रधानन्यायाधीशको शपथ
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । त्यसका लागि मंगलबार बिहानैबाट चिठी पठाउने लगायतको काम हुने भट्टराईले बताइन् ।
गत साउन १८ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिमा प्रधानन्यायाधीशमा अनुमोदित भएपछि सोमबार नै संवैधानिक परिषद्ले सो को जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि राष्ट्रपतिबाट सोमबार साँझ नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण