धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप
जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।
धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२ गतेसम्म २८ हजार नौ सय ९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ ।
केन्द्रको प्रमुख डा सञ्जीवकुमार ठाकुरले जिल्लाका १८ वटै पालिकाका २९ हजार पाँच सय ८० पशुलाई खोप लगाएको जानकारी दिए । यसमध्ये प्रदेश सरकारबाट सात हजार नौ सय ९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको पनि उनले बताए ।
जिल्लामा २९ हजार चार सय ४६ गाई तथा गोरु र एक सय ३४ भैँसी तथा रागा लम्पी स्किनबाट सङ्क्रमित भएका थिए भने तीमध्ये छ सय ८० गाई तथा गोरु मरेका थिए । जिल्लामा सुरुमा आक्रमकरूपमा फैलिए पनि हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ ।
लम्पी स्किनको सङ्क्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ । यसले गर्दा दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण