इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि सोल्टीमोडमा नि:शुल्क विशेष हेल्प डेस्क
काठमाडौँ । इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश फारम भर्ने काममा सहयोग गर्ने गरिएको छ । यस्तै मार्गदर्शन, समर्थन र समस्या समाधानहरू प्रदान गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।
विज्ञबाट आकांक्षीहरूलाई सशक्तीकरण गर्दै सोमबारदेखि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई आफ्नो शैक्षिक मार्गदर्शकको रूपमा सहयोग गर्ने बताइएको छ ।
हेल्प डेस्कमा कुन इन्जिनियरिङ कार्यक्रम सही छ ? म कसरी मेरो शिक्षाको लागि छात्रवृत्ति सुरक्षित गर्न सक्छु ? भन्ने प्रश्नहरूको जवाफ दिने तथा समस्या समाधान गर्ने बताइएको छ । यी यस्ता प्रश्नको विज्ञहरुले उत्तर दिने आयोजक संस्था इन्जिनियरिङ भ्लगले जनाएको छ ।
सो अवसरमा ईन्जिनियरिङ क्षेत्रमा गहिरो ज्ञान भएका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर मिल्ने जनाइएको छ ।
यसमा विद्यार्थीहरूले विभिन्न ईन्जिनियरिङ विषयहरू, सम्भावित क्यारियरका बाटोहरू र अगाडिको शैक्षिक यात्राको सूक्ष्मताहरूमा स्पष्ट जानकारी प्राप्त गरी आफ्नो ज्ञान, अनुभवलाई सही मार्ग निर्देश गर्न सक्ने आयोजकले जनाएको छ ।
हेल्प डेस्कले विद्यार्थीहरूले सही इन्जिनियरिङ विशेषज्ञता छनोट गर्न, छात्रवृत्तिको लागि योग्यता मापदण्ड बुझ्ने वा प्रवेश फारमहरू भर्ने जटिलताहरू सुल्झाउने बारे सही सल्लाह दिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण