मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

योगेश भट्टराईको प्रश्न–कसले सीआईबीको गाडी हाइज्याक गर्‍यो ?

बुधबार, ०६ भदौ २०८०, १६ : ४७
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण लगायत प्रकरणमा सीआईबीलाई स्वतन्त्रपूर्वक काम गर्न नदिएको आरोप लगाएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले उक्त आरोप लगाएका हुन् । उनले साउन १० गते नै छानबिन आयोग गठन गरेको भए लामो समयसम्म संसद् अवरोध नहुने  बताए । 

‘नक्कली शरणार्थी, सुन प्रकरणमा नेताहरूको संलग्तामाथि सीआइबीलाई स्वतन्त्रपूर्वक छानबिन गर्न दिइएनन् त्यसमा हाम्रो शंका भएको हो । सीआईबीले अनुसन्धन अगाडि बढाउँछ । तर, उसको गाडी किन युर्टन भयो त्यसमा हाम्रो चिन्ता हो । कसले सीआईबीको गाडी ‘हाइज्याक’ गर्‍यो ? स्वतन्त्रपूर्वक अनुसन्धान गर्न किन दिएन ? त्यही कुरा पहिले नै गरेको भए आजसम्म संसद् बैठक अवरोध  हुने थिएन’, उनले भने । 

राज्यका निकायमाथि एमालेलाई अविश्वास गराउने खेल भएको गुनासो गर्दै उनले एमाले राज्यका कुनै निकायममाथि अविश्वास गर्ने पक्षमा  नरहेको बताए ।  

उनले १० वटा बैठकमध्ये ५ बैठक सत्ता पक्षका कारण स्थगित भएको आरोप लगाए ।  तीनवटा बैठक सत्ता पक्षका सांसदहरूले होहल्ला गरे संसद् अवरोध गरेको जिकिर गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप