योगेश भट्टराईको प्रश्न–कसले सीआईबीको गाडी हाइज्याक गर्यो ?
काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण लगायत प्रकरणमा सीआईबीलाई स्वतन्त्रपूर्वक काम गर्न नदिएको आरोप लगाएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले उक्त आरोप लगाएका हुन् । उनले साउन १० गते नै छानबिन आयोग गठन गरेको भए लामो समयसम्म संसद् अवरोध नहुने बताए ।
‘नक्कली शरणार्थी, सुन प्रकरणमा नेताहरूको संलग्तामाथि सीआइबीलाई स्वतन्त्रपूर्वक छानबिन गर्न दिइएनन् त्यसमा हाम्रो शंका भएको हो । सीआईबीले अनुसन्धन अगाडि बढाउँछ । तर, उसको गाडी किन युर्टन भयो त्यसमा हाम्रो चिन्ता हो । कसले सीआईबीको गाडी ‘हाइज्याक’ गर्यो ? स्वतन्त्रपूर्वक अनुसन्धान गर्न किन दिएन ? त्यही कुरा पहिले नै गरेको भए आजसम्म संसद् बैठक अवरोध हुने थिएन’, उनले भने ।
राज्यका निकायमाथि एमालेलाई अविश्वास गराउने खेल भएको गुनासो गर्दै उनले एमाले राज्यका कुनै निकायममाथि अविश्वास गर्ने पक्षमा नरहेको बताए ।
उनले १० वटा बैठकमध्ये ५ बैठक सत्ता पक्षका कारण स्थगित भएको आरोप लगाए । तीनवटा बैठक सत्ता पक्षका सांसदहरूले होहल्ला गरे संसद् अवरोध गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण