शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

योगेशलाई देवेन्द्रको जवाफ : गाडी सीप भएकाले चलाउने हो, बीचमै हाइज्याक भए दुर्घटना निम्तिन्छ

बुधबार, ०६ भदौ २०८०, १६ : ५८
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सीप नभएका मानिसले गाडी चलाएमा दुर्घटनाबाहेक केही ननिम्तिने जिकिर गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले सीआईबीको गाडी बीचमै  ‘यु र्टन’ भएको, ‘हाईज्याक’ गरेर स्वतन्ततापूर्वक काम गर्न नदिएको आरोप लगाएपछि पौडेलेले सो जवाफ फर्काएका हुन् । 

‘पूर्ववक्ता साथीले सिआईबीको गाडी बीचमै यु टर्न भएको, स्वतन्त्रपूर्व काम गर्न नदिएको भन्नुभयो’, भट्टराईलाई जवाफ फर्काउँदै उनले भने, ‘गाडी सीप भएकाले मात्र चलाउने हो । सीप नभएकाले बीचैमा ‘हाइज्याक’ गरी चलाएमा त्यसले दुर्घटनाबाहेक केही निम्तिँदैन ।’

छानबिन समितिको प्रतिवेदन बनेपछि राज्यका निकायलाई मनोबल गिर्ने गरी  काम गर्न नहुने उनको भनाइ छ ।  राष्ट्रिय दलहरूबीच संसद् अवरोध हटाउन आज २ बुँदे सहमति भएपछि एमालेले संसद्को अवरोध हटाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप