योगेशलाई देवेन्द्रको जवाफ : गाडी सीप भएकाले चलाउने हो, बीचमै हाइज्याक भए दुर्घटना निम्तिन्छ
काठमाडौँ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सीप नभएका मानिसले गाडी चलाएमा दुर्घटनाबाहेक केही ननिम्तिने जिकिर गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले सीआईबीको गाडी बीचमै ‘यु र्टन’ भएको, ‘हाईज्याक’ गरेर स्वतन्ततापूर्वक काम गर्न नदिएको आरोप लगाएपछि पौडेलेले सो जवाफ फर्काएका हुन् ।
‘पूर्ववक्ता साथीले सिआईबीको गाडी बीचमै यु टर्न भएको, स्वतन्त्रपूर्व काम गर्न नदिएको भन्नुभयो’, भट्टराईलाई जवाफ फर्काउँदै उनले भने, ‘गाडी सीप भएकाले मात्र चलाउने हो । सीप नभएकाले बीचैमा ‘हाइज्याक’ गरी चलाएमा त्यसले दुर्घटनाबाहेक केही निम्तिँदैन ।’
छानबिन समितिको प्रतिवेदन बनेपछि राज्यका निकायलाई मनोबल गिर्ने गरी काम गर्न नहुने उनको भनाइ छ । राष्ट्रिय दलहरूबीच संसद् अवरोध हटाउन आज २ बुँदे सहमति भएपछि एमालेले संसद्को अवरोध हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण