टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालिक स्थापना
धनगढी । टीकापुर घटनामा ज्यान गुमाएका ३ वर्षे बालक टेक बहादुर साउँदको सालिक स्थापना गर्न लागिएको छ ।
२०७२ भदौ ७ गते थरुहट/थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली लागेर साउँदको मृत्यु भएको थियो । नागरिक उन्मुक्ति पार्टी र टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा टेकबहादुरको सालिक स्थापना गर्न लागेको हो ।
घटनाको ८ औं स्मृति दिवसको अवसरमा भोलि सो सालिकको विधिवत् रूपमा अनावरण गर्ने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशमलाल चौधरीले जानकारी दिए । आज सो सालिक ठड्याउने काम भएको उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण