चन्द्रयान सफल अवतरण : एमाले अध्यक्षद्वारा भारतलाई बधाई
बुधबार, ०६ भदौ २०८०, २१ : ११
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान आज साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
“आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ”, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण