इटाली पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बुधबार, ०६ भदौ २०८०, २१ : २७
काठमाडौँ । इटाली पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका घर भएर कीर्तिपुर बस्ने विष्णुऋषि पाण्डे छन् ।
५२ वर्षीय पाण्डेले वैदेशिक रोजगारीका लागी इटाली पठाउँछु भनेर तिर्थबहादुर थापासँग ४ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
इटाली जान ८ लाख लाग्ने र मासिक १ लाख कमाई हुन्छ भन्ने आश्वासन देखाएर पाण्डेले ठगी गरेका हुन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण