साढे दुई वर्षपछि ट्रम्पले गरे पहिलो ट्विट, के लेखे ?
शुक्रबार, ०८ भदौ २०८०, ०८ : ४४
लगभग साढे दुई वर्षपछि, पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर भनेर चिनिने) मा ट्विट गरेका छन् ।
उनले आफ्नो मगसट अर्थात् जेलबाट रिहा भएको तस्बिर ट्विट गरेका छन् । तस्बिर सँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन् । यसमार्फत उनको अभियानका लागि पैसा उठाइने गरिन्छ ।
यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज मात्रै यो प्लेटफर्म प्रयोग गरेका छन् ।
https://t.co/MlIKklPSJT pic.twitter.com/Mcbf2xozsY
— Donald J. Trump (@realDonaldTrump) August 25, 2023
ट्रम्पलाई ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो र उनको आफ्नै सामाजिक मिडिया प्लेटफर्म, ट्रुथ सोसल सुरु गरेका थिए ।
गत वर्ष, एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध हटाए, तर यसका बाबजुद पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण