शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म अभिनयमा फर्किइन् रेखा

शुक्रबार, ०८ भदौ २०८०, ११ : ५५
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय कलाकारिता भन्दा राजनीतिमा सक्रिय देखिएकी अभिनेत्री रेखा थापा अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘उपहार’ मार्फत अभिनयमा फर्किएकी हुन् । २०७५ मा ‘मालिका’पछि उनका कुनै पनि फिल्म आएको छैन ।

‘उपहार’को बिहीबार पशुपतिमा शुभ–मुहूर्त गरिएको छ  । यो फिल्म उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । ज्ञानेन्द्रले गतबर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । 

काठमाडौँ आसपासमा छायाङ्कन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने लागेको हो । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा देखिने बताइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप