फिल्म अभिनयमा फर्किइन् रेखा
शुक्रबार, ०८ भदौ २०८०, ११ : ५५
काठमाडौँ । पछिल्लो समय कलाकारिता भन्दा राजनीतिमा सक्रिय देखिएकी अभिनेत्री रेखा थापा अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘उपहार’ मार्फत अभिनयमा फर्किएकी हुन् । २०७५ मा ‘मालिका’पछि उनका कुनै पनि फिल्म आएको छैन ।
‘उपहार’को बिहीबार पशुपतिमा शुभ–मुहूर्त गरिएको छ । यो फिल्म उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । ज्ञानेन्द्रले गतबर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ ।
काठमाडौँ आसपासमा छायाङ्कन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने लागेको हो । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा देखिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण