कल्पनाले ल्याइन् नारीको बेदना तीज गीतमा
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुका लागि पनि विशेष महत्व हुने गर्दछ। तीज नजिकिँदै गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भइरहेका छन्।
तीजको गीत भन्ने बितिकै आजकल प्रायः नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘परदेशीको तीज’ बोलको गीत सार्वजनिक गरिएको छ।
शान्ति श्री परियारको स्वर रहेको गीतमा कल्पना कार्कीको शब्द रचना रहेको छ। परदेशमा बसेर तिज आउँदा माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पायको कुरा सार्वजनिक गीतामा व्यक्त गरिएको छ।
लामो समय परदेशमा बस्दा देखेको भोगेको कुरालाई कल्पना कार्कीले गीत मार्फत प्रस्तुत गरेकी छन्। देवेन्द्र बरालको संगीतमा तयार भएको गीतलाई एभरेस्ट वर्ल्ड क्लास टेकवन्डो नामक संस्थाले प्रस्तुत गरेको हो।
दिनेश न्यौपानेले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग बिप्लव अधिकारीले गरेका हुन्। गीतको लिरिकल भिडियो राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण