बेनी–जोमसोम सडक तीन दिनपछि पुनःसञ्चालनमा
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात पुनःसञ्चालन भएको छ । गत बुधबारदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराह्नदेखि पुनःसञ्चालन भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख जगत प्रजापतिले म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ गुुइठे, सुकेबगर, खामभित्ता, दुवारी क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए ।
“पाँच दिनको प्रयासपछि गत बुधबार दिउँसो खुुलेको सडक साँझ पानी परेपछि पुुनःअवरुद्ध भएको थियो”, उनले भने, “वर्षात रोकिएर मौसममा सुुधार भएपछि डोजर र मजदुर परिचालन गरेर सडक खुलाएका हौँ ।”
कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण झरेको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ । जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण