उद्योग समितिको सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा सांसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने रातोपाटीलाई बताए । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समिति मध्ये रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।
उनले भने ,‘हामीले तीन जना सदस्य रहेको समिति सभापतिमा उम्मेदवार दिने छौं । उद्योग समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँछौ ।’
समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डामा रास्वपा र राप्रपा समेटिएको छैन । उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।
सत्ता र प्रतिपक्षको समर्थनमा उम्मेदवार बनेका खानसँग रास्वपाका पराजुलीले प्रतिस्पर्धा गर्ने छन् । संसदीय समिति सभापतिहरुका लागि आज मनोनयनको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण