भृकुटीमण्डपमा जनचेतनामूलक सांस्कृतिक महोत्सव हुने
काठमाडौँ । गाईजात्राको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा शनिबार बृहत् सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । स्वीकृति इभेन्ट प्रा.लिको नेपाली कला संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई जागरूक गराउने उद्देश्यले महोत्सव गर्न लागेको हो ।
दर्शकले निःशुल्क प्रवेश पाउने महोत्सवको संयोजन लोक गायक नवीन पौडेलले गरेका छन् । गीतसंगीतका माध्यमबाट जनतालाई कला संस्कृतिको विषयमा चेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको पौडेलले बताए ।
‘मेला महोत्सवमा प्रायः माया प्रेमका गीतहरू मात्रै प्रस्तुत हुन्छन् । यो महोत्सव उद्देश्य विशुद्ध जनतालाई चेतना दिने हुनेछ’ पौडेलले भने, ‘न्यूनतम ५ हजारदेखि १० हजार जना दर्शकलाई महोत्सवमा उपस्थित गराउने लक्ष्य छ ।’
उनका अनुसार महोत्सवमा लागूऔषध दुर्व्यसन, सर्ने–नसर्ने रोगहरू, सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार, सडक सुरक्षा, सुर्तीजन्य पदार्थले निम्त्याउने असर, लैंगिक हिंसा, सुरक्षित वैदेशिक रोजगार लगायतका विषयमा आधारित रहेर विभिन्न प्रस्तुति रहनेछ ।
३ सय जना कलाकारहरूलाई उपस्थित गराउने लक्ष्य राखिएको महोत्सवमा सडक नाटक, झाँकी, दोहोरी लगायतका प्रस्तुति हुने पौडेलले बताए ।
बिहान ११ बजेदेखि बेलुकासम्म हुने महोत्सवमा निःशुल्क आँखा र दन्त शिविर हुने साथै ब्लड डोनेसनको कार्यक्रम समेत रहने पौडेलले जानकारी दिए ।
स्वीकृति इभेन्ट प्रा.लीले यसअघि बैतडी, दार्चुला, पाल्पा, ओखलढुङ्गा लगायतका जिल्लामा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिसकेको छ । यसपटक केन्द्रबाटै जनचेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यका भृकुटीमण्डपमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण