मधेसप्रति न्याय गर्न उद्योग समितिको सभापतिबाट पछि हट्यौँ : रास्वपा सांसद पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिई जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन् । उनले आफ्नो प्रतिस्पर्धा जनमतसँग नभई सत्ता गठबन्धनका दलहरुसँग भएको बताए । उनले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको आरोप लगाए ।
उनले भने, ‘रास्वपाले आफ्नो उम्मेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ । उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालीनताका कारण हो । हाम्रो प्रतिस्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन । सत्ता पक्ष र गठबन्धनले खेलेका भूमिकाप्रति थियो । प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक प्रक्रिया हो । तर राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दूषित कुरा हो । मधेसीप्रति न्याय गरेका हौँ ।’
सांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण