एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
काठमाडौँ । लोकसेवा आयोगको बढुवा समितिले एक जना सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिले सहसचिवहरू क्रमशः दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको हो । गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल सेवानिवृत्त भएपछि रिक्त एक पदका लागि उनीहरूको नाम सिफारिस गरिएको रेग्मीले रातोपाटीलाई बताए।
नाम सिफारिस भएका सहसचिवहरूमध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम सचिवका लागि सिफारिस भएको थियो । वरिष्ठताका आधारमा उनी हुन पाएनन् । घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।
त्यसैगरी पौडेल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक र अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण